फागुन १०, २०७७ सोमबार

 

काठमान्डौ।
 सियारी गाउँपालिका–१ का २७ वर्षीय कमल पुरीको करेन्ट लागेर आइतबार मृत्यु भएको छ । उनी ओमसतिया गाउँपालिका–३ का हरिबहादुर थापाको माछा पोखरीमा काम गर्थे । पानी तान्‍ने मोटरबाट करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए । मेडिकल कलेज भैरहवामा उपचारको क्रममा उनको  मृत्यु भएको हो ।