काठमाडौँ । हालै सार्वजनिक भएको एक अन्तर्राष्ट्रिय अध्ययनको तथ्याङ्कअनुसार भारतमा सर्पको डसाईबाट मात्र वर्षमा ६४ हजार जनाभन्दा बढीको ज्यान जाने गरेको छ ।
भारतको पत्रिका द हिन्दुले नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित एक अनुसन्धानलाई उद्धृत गरेर दिएको समाचारअनुसार त्यहाँ हरेक वर्ष ६४ हजारभन्दा बढीको सर्पले डसेर ज्यान जाने गरेको छ । भारतमा गत वर्षमात्र सर्पले टोकेर ६४ हजार एक सय जनाको ज्यान गएको थियो । विश्वका विभिन्न २१ देशका अनुसन्धानदाताहरु सम्मिलित रहेर गरिएको सो अनुसन्धानमा विश्वमा हरेक वर्ष ७८ हजार छ सय जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ । भारतमा मात्र ६४ हजार जना भन्दा बढी रहेका देखाइएको छ । संसारमा प्रति एकलाख जनामा ०।८ जनाको सर्पको डसाईबाट ज्यान जाने गरेको छ ।