एजेन्सी । अमेरिकामा आज संसदीय निर्वाचन हुँदै छ । यो निर्वाचनबाट प्रतिनिधि सभाका सबै ४३५ सदस्य र माथिल्लो सदन सिनेटका एक सय सदस्यमध्ये ३५ जना चुनिनेछन् ।
मतदानकै दिनसम्म राष्ट्रपति जो बाइडेनसहित पूर्वराष्ट्रपति बाराक ओबामा सत्तारुढ डेमोक्रेट पार्टीको प्रचारमा जुटेका छन् भने रिपब्लिकनका चुनावी र्यालीहरूको अगुवाइ पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले गरेका छन् ।