अष्ट्रेलियाको पश्चिमी तटभन्दा २५ सय किलोमिटर परको पार्कमा अनुसन्धान गर्दा अनुसन्धाताले निकै अचम्मका समुद्री जीव भेटेका छन् ।
३० सेप्टेम्बर २०२२ मा यो समुद्री खोज अभियान समाप्त भएको थियो । यी क्षेत्रको बाटोमा अनुसन्धानकर्ताले निकै अचम्मका माछा र जीव भेटिएका छन् । उनीहरुले पखेटा भएका माछा देखे जुन हावामा तैरने कोसिस गरिरहेका थिए । अस्ट्रेलियन म्युजियम रिसर्च इन्स्टिच्युटका फिश बायोलोजिस्ट यी काई टीले यात्राबारे कुरा गर्दै यी जनावरलाई समुद्री पंक्षीबाट खतरा भएको बताए ।
अनुसन्धानकर्ताले ३५ दिन १३ हजार किलोमिटरको खोज यात्रा गरे । यतिबेला सोनारको प्रयोग गर्दै उनीहरुले समुद्र सतहको म्यापिङ गरे जसमा उनले प्राचीन समुद्री पहाड, ज्वालामुखी, उपत्यकता र चट्टानहरु भेट्टाए । यी ज्वालामुखी १४ देखि ०।५ करोड वर्ष अघि बनेका थिए ।