काठमाडौं
महिला राष्ट्रिय लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले सहज जित निकालेको हो ।
शुक्रबार सातदोबाटो एन्फा कम्प्लेक्समा भएको खेलमा पुलिसले रौतहटको चन्द्रपुरलाई ३-० गोल अन्तरले पराजित गरेको हो । पुलिसको जितमा सिर्जना खड्का, निर्मला विक र रेखा पौडेलले १-१ गोल गरिन ।
पहिलो हाफको ७औ मिनेटमा सिर्जनाले गोल गरि पहिलो हाफमा १-० गोलको अग्रता दिलाइन । त्यस्तै दोस्रो हाफको खेलको ५४ निर्मला विकले गोल गरे पुलिसलाई २-० गोलको अग्रता दिलाइन । खेलको ८५ औ मिनेट पुलिसका लागि रेखा पौडेलले गोल गरि ३-० गोलको सहज जित दिलाइन ।
उक्त जितसँग पुलिसले ९ खेलबाट १४ अंकसहित चौथो स्थानमा यथावत् रहेको छ । भने यता पराजित चन्द्रपुरको भने समान ९ खेलबाट ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।