काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्सटाग्रामको सञ्चालन गर्दै आएको मेटा कम्पनीले ११ हजार कर्मचारीलाई निलम्बित गरेको छ ।
कम्पनीको गत १८ वर्षको इतिहासमा यति ठूलो संख्यामा कर्मचारीलाई निकालिएको यो पहिलो पटक हो । केही गलत निर्णयका कारण कम्पनीको राजश्व घटेकाले उक्त संख्यामा कर्मचारीलाई निलम्बित गरिएको सिईओ मार्क जुकरवर्गको भनाइ छ ।
मार्कले उक्त निर्णयको जिम्मेवारी आफूले लिँदै प्रभावित कर्मचारीसँग क्षमायाचना समेत गरेका छन् ।