कात्तिक २५, २०७९ शुक्रबार

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकाका राष्ट्रपति जो बाइडेनबीच आगामी साता वार्ता हुने भएको छ ।

नोभेम्बर १४ मा इण्डोनेसियामा हुने जी–२० राष्ट्रहरको बैठकका क्रममा सी र बाइडेनबीच भेटवार्ता हुने कार्यक्रम तय भएको हो । सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरूबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो ।