फागुन १०, २०७७ सोमबार


काठमान्डौ
नेपाली क्रिकेट क्षेत्रमा मात्र फ्रेन्चाइजी लिगको अवधारणामा फुटबलमा पनि यो अवधारण को सुरुवात हुने भएको छ। अखिल नेपाल फुटबल संघ(एन्फा)को सहयोगमा नेपाल स्पोर्टस म्यानेजमेन्टले फ्रेन्चाइज लिग केही समय अघि घोषणा भएतापनि भएको थिएन ।
 म्यानेजमेन्टले सोमबार पत्रकार सम्मेलन गर्दै २०७८ मा सुपर लिग आयोजना गर्ने घोषणा गरेको छ । वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा प्रतियोगिता गर्ने तयारी रहेको छ ।

लिगमा अक्सन मार्फत खेलाडी छानिने छ । प्रतियोगिताको टिमको नाम, तयारी र प्रायोजकहरु जिम्मेवारी नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले हेर्नेछ ।

 प्रतियोगिता सिंगल राउण्ड रोबिनको आधारमा खेलाइने जनाएको छ ।