काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन् ।
संघीय संसद्बाट काठमाडौं उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि सोसम्बन्धी विधेयक पारित भएको उल्लेख गर्दै उनले त्यसबाट सो क्षेत्रको सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए ।
मेयर साहले काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटनामा परी घाइते भएकाहरूको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए ।