बैशाख ७, २०७८ मंगलबार

काठमाडौं : राजधानीमा जारी त्रिकोणात्मक टी२० क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

टियु क्रिकेट मैदानमा नेपालले टस जिते र पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । नेपालले ब्याटिङ रोजेपछि नेदरल्यान्ड्सले सुरुवातमा फिल्डिङ गर्ने भएको छ ।

आजको खेलमा सहज जित निकाल्दै नेपाल १ खेल अगावै फाइनल पुग्ने दाउमा रहेको छ । त्यस्तै आजको खेलमा पनि नेपालीको कुनै परिवर्तन भएको छैन ।

नेपालको प्लइङ ११ : ज्ञानेन्द्र मल्ल (कप्तान, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आसिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, साहब आलम ।