बैशाख ७, २०७८ मंगलबार

काठमाडौं : राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका लागि ओपनर कुशलले ४१ बलमा अर्धशतक बनाएका हुन् । कुशलले लगातार तेस्रो खेलमा अर्धशतक बनाएका हुन् ।

यससँगै कुशलले डेब्यु खेलपछि लगातार तीन टी२० अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् । डेब्यु खेलपछि कुशलले लगातार तीन खेलमा अर्धशतक बनाएका हुन् ।