कात्तिक २८, २०७९ सोमबार

एजेन्सी । स्लोभेनियामा नतासा पिर्क मुसार देशको पहिलो महिला राष्ट्रपतिका रूपमा निर्वाचित भएकी छिन् । पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।


उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन् । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा मेलानिया ट्रम्पको हितको रक्षा गर्न मुसारलाई वकिलका रूपमा नियुक्त गरिएको थियो ।