मध्यपश्चिमाञ्चल विश्वविद्यालय, सुर्खेतका सहायक डिन एवं परीक्षा समितिका संयोजक कमलेश डीसी र अंग्रेजी विषयका विज्ञ एवं सहप्राध्यापक डा। विनयकुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
प्रश्नपत्रको गोप्पनीयता भंग एवं परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध सोमबार विशे अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
उनीहरूले मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकाय डिनको कार्यालयद्वारा १९ माघ २००७७ मा गोरखापत्रमा प्रकाशित सूचना छलकपटपूर्ण तरिकाले निकालिएको, विभिन्न विषयका आंशिक तथा करार उपप्राध्यापक पदमा विज्ञापन गर्दा सबै विषयका लागि न्यूनतम योग्यता एउटै विषय ९कानूनमा स्नातकोत्तर गरी न्यूनतम ५० प्रतिशत ल्याएको० मात्र राखेको, विज्ञको छनोट तथा लिखित र मौखिक परीक्षामा मिलेमतो गरी छनोट प्रक्रिया सम्पन्न गरेको र लिखित परीक्षाको कपीमा अङ्क थपघट गरेको सम्बन्धी उजुरी अख्तियारमा परेको थियो।
अंग्रेजी विषयका विज्ञ दासले उत्तरपुस्तिका जाँच गर्ने क्रममा अङ्क प्रदान गर्दा अनुत्तीर्ण हुने प्रकृतिको उम्मेदवारलाई उत्तीर्ण गराएको र उत्तीर्ण हुने प्रकृतिको उम्मेदवारको उत्तरपुस्तिकामा दिएको अङ्कलाई पटकपटक केरमेट गरी घटाएर अनुत्तीर्ण गरेरगराएको, अन्तर्वार्ताको क्रममा अन्तर्वार्ता अगावै सहभागी उम्मेदवारहरूका उत्तरपुस्तिका माग गरी सम्बन्धित परीक्षार्थीको सिम्बोल नं। राखी संकेत गरी उम्मेदवारको पहिचान गरी प्राप्ताङ्कको आधारमा अन्तर्वार्तामा अङ्क प्रदान गर्ने योजना बनाई सोहीबमोजिम अङ्क प्रदान गर्न पहिले दिएको अङ्क केरमेट गरी बदनियतपूर्वक उत्तीर्णलाई अनुत्तीर्ण र अनुत्तीर्णलाई उत्तीर्ण गरेको र उत्तीर्ण हुन सक्नेलाई वैकल्पिक उम्मेदवार बनाई परीक्षाको परिणामलाई फेरबदल गरेको देखिएको छ।
यस्तै परीक्षा समितिका संयोजक सहायक डिन डीसीले अंग्रेजी विषयको छानबिन बोर्डको तर्फबाट उत्तरपुस्तिका संपरीक्षणको जिम्मेवारी प्राप्त भएकोमा विज्ञबाट पटकपटक दिएको अङ्क केरमेट गरी संशोधन गरिएकोमा समेत अनदेखा गरी स्वीकार गरेको, अन्तर्वार्तामा छनोट समितिको संयोजकको रूपमा सहभागी हुँदा विज्ञले अन्तर्वार्ताको क्रममा उत्तरपुस्तिका माग गर्दा उपलब्ध गराएको, उम्मेदवार पहिचानका लागि सिम्बोल नं। लेखी केरमेट गर्न सहमति जनाएको र अंग्रेजी विषयको अन्तर्वार्ताको अङ्कसमेत नजोडी नतिजा प्रकाशन गर्ने प्रयोजनको लागि बैठक पुस्तिकामा टाँस गरी परीक्षाको परिमाण फेदबदल गरेरगराएको पुष्टि भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।