बैशाख ७, २०७८ मंगलबार

काठमाडौं : टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेलमा नेदरल्याण्डलाई २०७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरमा ६ विकेट घुमाउदै २०६ रन बनाको थियो । नेपालका लागि युवा ब्याट्स म्यान कुुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह एैरिले अर्धशतकमा नेपालले विशाल योगफल तयार पारेको हो । भुर्तेलले कुल ४६ बलको सामना गर्दै ६२ रन बनाए । उनले ८ चौका र १ छक्का प्रहार गरे । त्यस्तै एैरिले ३० बलमा ६० रन बनाउन ५ छक्का र ३ चौका प्रहार गरे । 

यो सँगै नेपालका लागि लगातार ३ खेलमा अर्धशतक पूरा गरेको भुर्तेलले विश्व किर्तिमान राखेका छन् । 

त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल २०,कुशल मल्ल १८,बिनोद भण्डारी ७ रनमा नटआउट, सोमपाल कामी १३ बलमा २१ रनमा नटआउट रहे , यता करण केसी १ रन र आसिफ शेख शुन्य रनमा आउट भएका थिए ।

यता नेदरल्याण्डका भिभिन किंगमा २,पिटार सीलार २ , बास डी लीडे १ र आर्यन दत्तले एक विकेट लिए ।