बैशाख ७, २०७८ मंगलबार

काठमाडौं : टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल आफ्नो तेस्रो खेलमा नेदरल्याण्डसँग ३ विकेटले पराजित भएको छ ।

नेपालले दिएको २०७ रनको विशाल लक्ष्य पाएकाे नेदरल्याण्डले १९.३ ओभरमा पूरा गर्यो । नेदरल्याण्डका लागि बेन कुपर र बास डी लीडेको अर्धशतकीय पारीमा रोमाञ्चक जित निकालेको हो । बेन कुपर ३५ बलमा ५५ रन , बास डी लीडे नटआउट ८१ रन बनाउदै टोलीको जित पक्का गरे । पिटर सीलार १५ बलमा ३१ रन , टोबियस भिसे ११ बलमा १५ रन,  म्याक्स ओडिवड ९ रनमा सन्दिप लामिछानेबाट आउट,  , स्कर्ट एडवार्डस ३ बलमा २ रन , आर्यन दत्त शून्य रनमा क्याच आउट भए ।

नेपालका लागि सन्दिप लामिछाने सर्वाधिक ३ विकेट लिए , उनले ४ ओभरमा ४८ रन खर्चिएर महत्त्वपूर्ण ४ विकेट लिएता पनि नेपालको हार टार्न भने सकेनन् । त्यस्तै कुशल मल्ल १ विकेट अभिनाष बोहारा १ विकेट र करण केसीले १ विकेट लिए ।