सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ । नेपाल एयरलाइन्सको एयरबस ए–३३० मार्फत सैनिक टोलि मिशन ईलाकातर्फ गएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
कार्तिक २८ मा सिरियामा तैनाथ शान्ति सैनिकलाई बदली गर्न प्रमुख सेनानी रोशन थापाको कमाण्डमा १८३ जना सैनिक त्यसतर्फ प्रस्थान गरेका छन् ।
सिरियामा फोर्स हेडक्वार्टर सपोर्ट युनिट १० औं डफ्फासहितका विभिन्न युनिट परिचालित थिए । ती युनिटलाई ११ औं डफ्फासहितका युनिटहरूले बदली गरेका छन् । प्रमुख सेनानी मदन थापा नेतृत्वको दशौं डफ्फाको टोली मंगलबार स्वदेश फर्किँदै छन् ।