मेलम्ची : सिन्धुपाल्चोक जिल्लाकाे मेलम्चीमा जारी जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका बीच प्रतिस्पर्धा हुने भएको छ ।
लिग चरणका सम्पुर्ण खेलहरुमा जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा रह्यो । त्यस्तै चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । यता मेलम्ची ६ अंक सहित तेस्रो, ईन्द्रावती ३ अंक सहित चौथो र पाँचपोखरी थाङपाल अंक विहिन हुदै पाँचौ स्थानमा रहेको छ ।
अब फाइनल खेल भोली बिहान ८ बजे हुने आयोजक हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगितामा पहिलो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख, दास्रो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद सहित ५० हजार र अन्य टोलीले २५/२५ हजार प्राप्त गर्नेछन ।
हिजोबाट सुरु भएको प्रतियोगिता हाम्रो टिम मेलम्चीको आयोजना, रेडियो मेलम्चीको सह—आयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा संचालन भईरहेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडिलाई जिल्ला तथा अन्य क्षेत्रमा सहभागी गराइने आयोजकले बताएको छ ।