काठमाडौँ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै चुनावको मौका छोपेर बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्यवृद्धि गरिएको पाइएको छ । बजारमा उपभोग्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा धेरै बढेको पाइएको छ ।
सरकारको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुँदा उपभोक्ता भने मूल्यवृद्धिको मारमा परेका छन् । पछिल्लो समय खाने तेल, दाल, चामल मात्रै नभई अन्य वस्तुको समेत मूल्य बढेर आएको छ ।