फागुन १०, २०७७ सोमबार


एजेन्सी।
घरेलु न्युजिल्याण्डले पाहुना टोली अस्टे«लिया विरुद्धको ५ टिट्वान्टी अन्तर्गतको पहिलो खेलमा ५३ रनको ठूलो जित हात पारेको छ। टस जितेर पहिला बलिङ गरेको पाहुना टोलीले डिभोन काउवेको ९९ रनको नट आउटको मद्दतले १८५ रनको मजबूत लक्ष्य पाएकोमा अस्ट्रेलियाका लागि जाय रिचार्डसन र डेनियल साम्सले समान २ विकेट हात पारे ।


१८५ रनको लक्ष्य पछ्याएको पाहुना टोलील १७.३े ओभरमा १३१ रनमा अलआउट पश्चात ५३ रनले हार्न पुग्यो ।
पाहुना टोलीका लागी मिचेल मार्सले ४५ रनको योगदान गर्दा अन्यले खास प्रदर्शन गर्न सकेनन् । न्युजिल्याण्डका लागी भने  इश सोडीले ४ तथा टे«न्ट बोल्ड र टिम साउदीले समान ३ विकेट हात पारे