कात्तिक ३०, २०७९ बुधबार

अमेरिकी स्पेस एजेन्सी नासाले चन्द्रमातर्फ पठाउने हालसम्मको सबैभन्दा शक्तिशाली रकेट स्पेस लञ्च सिस्टमलाई तेस्रो पटकको कोसिसमा सफलतापूर्वक लञ्च गरेको छ ।


यसअघि अगस्ट र सेप्टेम्बरमा यसको प्रक्षेपण रोकिएको थियो । यो नासाको आर्टेमिस मिसनको हिस्सा हो जसअन्तर्गत ५० वर्षपछि एक पटक पुन मानिसलाई चन्द्रमामा पठाउने तयारी भइरहेको छ । यो यस रकेटको पहिलो मिसन हो जसमा कुनै अन्तरिक्ष यात्री सवार हुने छैनन् । तर यदि यो मिसन सफल रह्यो भने भविष्यमा यो रकेटमाफर्त् अन्तरिक्ष यात्री मिसनमा जान सक्नेछन् ।


र यदि सबैकुरा ठीक भएमा सन् २०२४ देखि मानिसले फेरि चन्द्रमामा पाइला राख्न सक्नेछ ।