सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले भन्सार छली सीमा इलाकाको अस्थाइ ड्राइपोर्ट रसुवामा राखिएको अवस्थामा डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
बिहीबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो ।
अवैध रुपले चोरीपैठारी गरी ल्याइएको सामानमा महंगा मदिरा, चुरोट लगायतका रहेका छन् ।