मंसिर २, २०७९ शुक्रबार

बिहीबार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गरेको हो ।

मतदान नसकिएसम्म अत्यावश्यक अवस्थाबाहेकमा आवातजावत बन्द हुनेछ ।

निर्वाचनलाई स्वच्छ, पारदर्शी, स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नाका बन्द गर्न लागिएको सीमावर्ती जिल्लाका प्रशासन कार्यालयले सूचना जारी गरी जनाएका छन् ।