काठमाडौं । भारतको दिल्लीस्थित मादिपुरमा रहेको जुत्ता करखानामा आगलागी हुँदा आगरा घर भएका एक जनाको मृत्यु भएको छ ।
मादिपुरको कैलासपुर इलाकामा रहेको जुत्ता कारखानामा आगलागीपछि भागदौड हुँदा उनको मृत्यु भएको हो ।
केमिकल राखिएको ड्रम र छालाका सामानमा लागेको आगो भीषण रूपमा फैलिएको थियो । १५ बटा दमकलको सहायताले ६ घण्टापछि आगो निभाइएको थियो । आगलागीबाट करोडौंको क्षति भएको बताइएको छ ।