काठमाडौँ । भोजपुरका लागि १५ यात्रु बोकेर उडेको वायु सेना निगमको टुइनअटर विमान काठमाडौँ फर्काइएको छ ।
फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन हुन थालेपछि काठमाडौँ फर्काइएको हो । शुक्रबार बिहान पौने ७ बजे उडेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनटरमा समस्या देखिएको हो ।