बैशाख ८, २०७८ बुधबार

काठमाडौं : टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत पाँचौं खेलमा नेदरल्याणडविरुद्ध मलेसियाले पहिला बलिङ गर्ने भएको छ ।  

मलेसिया कप्तान अहमद फाइजले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा मलेसिया पराजित भएमा नेपाल र नेदरल्यान्ड्स फाइनलमा पुग्ने छन् । यदि आजको खेलमा मलेसिया विजयी भएमा पनि अन्तिम खेल विहिबार नेपालसँग खेल्ने छ । उक्त खेलमा नेपाल पराजित भएपनि नेट रनरनरेटको आधारमा फाइनलमा पुग्ने सम्भावना छ । मलेसियालाई फाइनलमा पुग्न अन्तिम दुबै खेलमा विशाल जित निकाल्नुपर्ने हुन्छ । 

त्यस्तै हिजो भएको खेलमा नेदरल्याण्डले नेपालमाथि ३ विकेटको रोमाञ्च जित निकालेका थियो ।