मंसिर ३, २०७९ शनिबार

मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले १ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६३.१० प्रतिशतले थोरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले २ करोड ९० लाख ७६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीको अन्य आम्दानी भने बढेर १ करोड १२ लाख ३० हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले १७ लाख ९० हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो । यता पहिलो त्रैमाससम्म कम्पीको डाइरेक्ट इन्कम भने ११ करोड ३६ लाख ८७ हजार रुपैयाँबाट घटेर ३ करोड ४३ लाख एक हजार रुपैयाँमा झरेको छ । 

 त्यस्तै, कम्पनीको चुक्ता पुँजी ५८ करोड ८० लाख ३६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ४ करोड ८२ लाख ४७ हजार रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ २ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ४३.४१ गुणा रहेको छ ।