मंसिर ४, २०७९ आइतबार

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ स्थित शारदा मावि मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहान केही विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने भएको छैन । केहीबेर तनावको अवस्था सिर्जना भए पनि घटनालगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रहरीको भनाइ छ ।