मंसिर ४, २०७९ आइतबार

चितवन क्षेत्र नं १ मा रहेको राप्ती ८ खिर्कीस्थित ब्रम्हस्थानी विद्यालय मतदान केन्द्रमा मतपेटिका जलाउने प्रयास भएको छ ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा मतपेटिका जलाउने प्रयास भएको हो । मतपेटिका जलाउन आउनेहरूलाई धपाउन प्रहरीले हवाइ फायरसमेत गरेको थियो । हवाइफायरपछि मतपेटिका जलाउन आउनेहरू तितरबितर भएका थिए ।

त्यहाँको मतदान कार्य अहिले रोकिएको छ । मतदान कार्य सुचारु गराउन छलफल भइरहेको छ ।