मुगुको खत्याड गाउँपालिकामा भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
आइतबार बिहान खत्याड गाउँपालिकाको रातापानी, लम्नु,गम्था र चिमााडुङ्ग्रीमा बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको थियो । अहिले जिल्लाभर शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।