मंसिर ४, २०७९ आइतबार

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद आम निर्वाचनमा पराजित भएका छन् ।


मलेसियाको उत्तरपश्चिममा रहेको लाङकावी क्षेत्रमा पाँचतर्फी भिडन्तमा महाथिर चौथो स्थानमा सीमित बनेका थिए । सन् २०१८ मा भएको निर्वाचनमा उनी सोही सिटबाट अत्यधिक बहुमतका साथ विजयी भएका थिए । उनको जमानतसमेत जफत भएको छ ।