पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ । आर्थिक वर्ष २०७७र७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्यभन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९–८० को पछिल्लो ३ महिनामा लक्ष्यको ६४।९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८–७९ को सोही अवधिमा ८५.८८ प्रतिशत राजश्व असुली गरेको थियो भने आर्थिक वर्ष २०७७–७८ को सोही अवधिमा ११२.९२ प्रतिशत राजश्व असुली गरेको थियो ।
साउन, भदौ र असोज महिनामा कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७९–८० मा २ अर्ब ६१ करोड ८२ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भए पनि १ अर्ब ६९ करोड ९१ लाख २१ हजार रुपैयाँ मात्रै असुल गरेको छ ।