मंसिर ४, २०७९ आइतबार

मोरङको पथरीमा ५ दलीय गठबन्धनका उम्मेदवारलाई भोट मागेको भन्दै विवाद भएपछि एक महिला कर्मचारीलाई हटाइएको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ स्थित जनता मावि (क) मतदान केन्द्र की बिनिता दाहाललाई निष्काशन गरिएको हो । मतदान गर्न ‘क’ केन्द्र पुगेकी कमला दाहाललाई ती कर्मचारीले गठबन्धनका उम्मेदवारलाई प्रत्यक्षमा भोट हाल्न आग्रह गरेको आरोप लागेपछि विवाद भएको थियो ।

मतदान अधिकृत रामकृष्ण श्रेष्ठका अनुसार विवाद शुरु भएपछि राजनीतिक दलहरूसँगको समन्वयमा ती कर्मचारीलाई प्रहरीको सुरक्षा दिएर निष्काशन गरिएको छ । उनलाई निष्काशन गरिएसँगै उनको ठाउँमा रामराजा चौधरीलाई राखिएको छ ।