मंसिर ४, २०७९ आइतबार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्ब दावी भुक्तानी गरेको छ । यो नेपालको बीमा क्षेत्रमा गरिएको सर्वाधिक दावी भुक्तानी हो ।

नेपाल लाइफ इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्ब मृत्यु दावी, १५.२६ अर्ब अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्ब आंशिक अवधि भुक्तानी गरिसकेको छ । यसका साथसाथै अन्य शिर्षक जस्तै बीमा शुल्क भुक्तानी छुट, स्थायी पूर्ण अशक्तता दावी, घातक रोग वापतको सुविधा र दुर्घटना मृत्यु लाभ सुविधा अन्तर्गत १५.९४ अर्व कम्पनीले दावी भुक्तानी गरिसकेको छ ।