कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा मतदाताले मतपेटिका फुटाएका छन् । नेकपा बहुमतका कार्यकर्तासमेत रहेका सूर्य परियारले मतपेटिका फुटाएका हुन् ।
मतपेटिका फुटाएका परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोही पालिकाको वडा नम्बर ९ बस्ने ३२ वर्षीय परियारले मतदान गरिसकेपछि मतपेटिका उचालेर भुइँमा बजारेका थिए । उनले मतपेटिका फुटाएपछि केहीबेर मतदान रोकिएको थियो । अहिले पुनः मतदान सुचारु भएको छ ।