काठमाडौं : टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी त्रिकोणात्मक अन्तर्राष्ट्रिय टि२० सिरिज प्रतियोगितामा बुधबार वर्षाका कारण प्रभावित बनेको खेलमा नेदरल्यान्ड्स र मलेशियाबीचको खेल बराबरीमा सकिएपछि नेपाल फाइनलमा प्रवेश गरेको छ ।
उक्त बराबरी खेलेको नेदरल्यान्ड्सले पनि फाइनलमा स्थान बनाएको छ । अब उपाधिका लागि नेदरल्यान्ड्स र आयोजक नेपाल प्रतिस्धा गर्नेछन् । त्यस्तै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा वर्षाका कारण दुई पटक गरी १० ओभरमा घटाइए पनि ९२ रनको नयाँ लक्ष्य पाएको मलेशियाले ४ विकेट गुमाएर ९१ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले पहिलो पटक १३ ओभरमा घटेको खेलमा १ सय ७ रनको जोडेको थियो ।