कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियामा बसेका मतदाताले मतदान गरेका छन् । उक्त निर्वाचन क्षेत्रको शुक्लाफाँटा नगरपालिका– ११ मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरू राजेन्द्र, वीरेन्द्र, अमर र अतुलले मतदान गरेको स्थानीय जय ऐरले जानकारी दिएका छन् ।
उनीहरूसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छिन्। मीनबहादुरको चार दिनअघि निधन भएको थियो। 