काठमाडौं : नेपाल फुटबल इतिहासमै पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपरलिग’को अफिसियल मेडिकल पार्टनरको रुपमा नर्भिक इन्टरनेशनल हस्पिटल अनुबन्धित भएको छ । नेपाल सुपरलिगको तर्फबाट नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच नेपाल सुपर लिगको अफिसियल मेडिकल पार्टनर अनुबन्धको सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतामा नर्भिकका प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टका निर्देशक श्रेयांश कार्कीले हस्ताक्षर गरे ।
सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता स्वास्थ्यका सबै मापदण्ड पालना गरी बैशाख ११ गतेदेखि दशरथ रंगशालामा हुँदैछ ।