काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिका–५ को डाँफे मतदान केन्द्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीका असई घाइते भएका छन् ।
वारेसनामा भोट हाल्न प्रहरीले नदिएपछि झडपको सिर्जना भएको हो । विवादपछि अहिले सो मतदान केन्द्रमा मतदान प्रक्रिया रोकिएको छ । मतदान सुचारु गर्न छलफल भइरहेको जनाइएको छ ।