मंसिर ४, २०७९ आइतबार

काठमाडौँ । हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । आइतबार दिउँसो काठमाडौं उपत्यकाका (काठमाडौं, भक्तपुर, ललितपुर) का विभिन्न मतदान स्थलको अवलोकन गर्दै गृहसचिव विनोदप्रकाश सिंहले देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको जानकारी पाएको बताए ।

अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान भइरहेको पाएको उनले बताए । मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुचारु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुचारु भइसेको छ । गृहसचिव सिंहले निर्वाचन सामाग्री, निर्वाचन कर्मचारी, मतदाताहरू र उम्मेदवारलाई कुनै पनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताए । उनले मतपेटीका ढुवानीका लागि आवश्यकताअनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए ।