बैशाख ८, २०७८ बुधबार

एजेन्सी ! आगामी १३ जुलाईदेखि जापानमा सुरु हुने टोकियो ओलम्पिकका लागि फुटबलतर्फको तालिका सार्वजजिक भएको छ । 

आज बुधबार स्विट्जरल्यान्डको ज्युरिचमा पुरुष र महिला दुवैतर्फको ड्र सार्वजनिक गरिएको हो ।

यू२३ टिमले खेल्ने ओलम्पिकमा पुरुषतर्फ १६ र महिलातर्फ १२ टिम गरी २८ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

यस समूह चरणको तालिकाअनुसार ब्राजिल र जर्मनीले एक–अर्काको सामना गर्ने भएका छन् । समूह ‘डी’मा परेका ब्राजिल र जर्मनी चार वर्षअघिको विजेता र उपविजेता टोली हुन् । त्यसबाहेक उक्त समूहमा आइभरीकोष्ट र साउदी अरेबिया छन् ।

त्यस्तै टोकियो ओलम्पिक अगस्ट ८ सम्म हुँदैछ । फुटबलका खेल भने दुई दिनअघि जुलाई २१ मै सुरु हुनेछ र अगस्ट ७ मा सकिनेछ ।