काठमाडौँ । डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सामाजिक सञ्जालमार्फत मतगणना पर्खिरहेको बताएका छन् ।
मतपेटिका संकलन कार्य जारी रहेको पनि उनले बताएका छन् । ‘बिहान ८ बज्यो अझै २०/२५ बाकसहरू आउनै बाँकी छ । आएपछि रेगुलर गणना शुरु भएपछि अपडेट हाम्रो टिसीडी ग्रुपमा हुनेछ,’ उनले भनेका छन् ।
ढकालले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका हुन् ।