मंसिर ५, २०७९ सोमबार

म्याग्दीको दुर्गम मतदान केन्द्रका मतपेटिका साेमबार पैदल मार्ग हुँदै सदरमुकाम बेनीमा ल्याइएकाे छ ।

धाैलागिरी गाउँपालिका-१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिकाहरू बेनीमा ल्याएपछि मात्र आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतपेटिका मतगणना म्याग्दीमा आज सोमबार रातिबाट सुरु हुने भएको हाे । 

गुर्जा र बगराको मतपेटिका बेनी ल्याउन ९ घण्टा समय लाग्छ । गुर्जाबाट बिहानै कडा सुरक्षाकाबीच मतदान अधिकृतसहितको टोली मतपेटिका पैदल मार्ग हुँदै सदरमुकाम बेनीतर्फ प्रस्थान गरेकाे छ ।