मंसिर ५, २०७९ सोमबार

एजेन्सी । अन्तर्राष्ट्रिय आणविक उर्जा एजेञ्सी प्रमुख राफेल ग्रोसीले जापोरिज्जिया आणविक केन्द्रलाई निशाना बनाएर भइरहेका बमबारी र क्षेप्यास्त्र आक्रमण ज्यादै खतरनाक पागलपनको संकेत भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

युरोपको सवैभन्दा ठूलो आणविक केन्द्र आसपाको आक्रमण अक्षम्य र अस्वीकार्य हो भन्दै उनले यस्ता आक्रमणको पछाडि जोसुकै भए पनि तत्काल बन्द गर्न आह्वान गरे ।

आणविक केन्द्रलाई लक्षित गरेर रुस वा युक्रेन जोसुकैले आक्रमण गरिरहेको भए पनि उनीहरुले भयंकर आगोसंग खेलिरहेको ग्रोसीको भनाइ छ । आइतबार आणविक केन्द्रलाई लक्षित गरी दर्जन बढी विष्फोटहरू भएको थियो । जसका कारण उक्त केन्द्रका केही भागमा क्षति पुगिसकेको छ ।

उक्त आणविक केन्द्र रुसको नियन्त्रणमा रहेको छ भने पछिल्लो समय युक्रेनी सेनाले पनि आणविक केन्द्रलाई लक्षित गरी आक्रमण गरिरहेको आशंका गरिएको छ ।