भारतीय क्रिकेटर नारायण जगदिसानले विश्व कीर्तिमान बनाएका छन्। उनले पुरुष लिस्ट ए क्रिकेटको एकै खेलमा २ सय ७७ रन जोड्दै।रेकर्ड नै बनाएका हुन् ।
उनले भारतमा जारी घरेलु एकदिवशीय क्रिकेट प्रतियोगितामा तामिल ताडुबाट खेल्नेक्रममा अरुणान्चल प्रदेशविरुद्ध उक्त कीर्तिमान पाली खेलेका हुन्। टेस्ट मान्यताप्राप्त देशका घरेलु एकदिवशीय प्रतियोगिताले लिस्ट एको मान्यता पाउँछन्। एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट पनि लिस्ट एमै पर्छ।
जगदिसानले चिन्नास्वामी रंगशालामा एक सय ४१ बलमा २ सय ७७ रन जोडेका हुन्। यसअघि लिस्ट ए क्रिकेटमा २ सय ६८ रनको विश्व कीर्तिमान रहेको थियो। सन् २००२ मा एलेस्टैर ब्राउनले उक्त पाली खेलेका थिए। जगदिसानकै शानदार पालीमा तामिल नाडुले पहिला ब्याटिङ गर्दै अरुणान्चल प्रदेशविरुद्ध निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ५ सय २ रन जोडेको छ।
जगदिसान लिस्ट क्रिकेटका लगातार पाँच खेलमा सतक बनाउने पनि पहिलो खेलाडी बनेका छन्। यसअघि तीन खेलाडीले लगाातार चार खेलसम्म सतक बनाएका थिए।