बैशाख ९, २०७८ बिहिबार

 

काठमाण्डौ।  राजधानीमा जारी तिन देश सम्लग्न टिट्वान्टी शृखंलाको लिग चरणको अन्तिम खेल आज हुदै छ ।

काठमाण्डौको टियु मैदानमा नेपाल र मलेसिया बिचको खेल नेपाली समयानुसार दिउसो १:१५ मा सुरु हुनेछ। 

नेपाली युवा लेग स्पिनरले आजको खेलमा मौका पाएमा उनको नाममा एक दुर्लभ किर्तिमान बन्ने छ। यदि उनले आजको खेल खेलेमा उनी १०० टी २० खेल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन । उनले टी २० मा राष्ट्रिय टिम भन्दा धेरै खेल फ्रेन्चाइजी लिगबाट खेलेका छन ।

उनले राष्ट्रिय टिमबाट कुल २४ टी २० खेल्दा बाँकी फ्रेन्चाइजी लिगबाट खेलेका छन । 

नेपाली टिम यस अघि नै अघिल्लो चरण पुगिसकेकाले आजको खेलका लागि नेपाली टिममा केहि परिवर्तन हुने सम्भावना रहेको छ ।