काठमाण्डौ – इण्डोनेशियाको मुख्य टापु जाभामा ५ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ५० जनाको ज्यान गएको छ भने सात सय जनाभन्दा धेरै घाइते भएका छन् ।
भूकम्पले कैयौँ भवन भत्काएको समाचार संस्था एपीले जनाएको छ ।
सियानजुर वरपरका क्षेत्रका धेरै ठाउँमा पहिरो खस्नुको साथै इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवनहरू भत्केका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले जानकारी दिनुभएको छ ।
जकार्ता लगायत भूकम्पको धक्का महसुस गरिएका ठाउँका उच्च भवनका आपत्कालीन ढोकार र सिँढीबाट मानिसहरू सुरक्षित स्थानतर्फ गएका दक्षिणी जर्कार्ताका एक कर्मचारी लाई उद्धृत गर्दै एपीले जनाएको छ।
भूकम्पमा परी गम्भीर घाइते भएका ४६ जनाको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सात सय जना घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।