मंसिर ५, २०७९ सोमबार

डोल्पास् डोल्पाका  ८ वटा स्थानीय तहमध्ये दुई वटा स्थानीय तहको मतपेटिका मात्र सदरमुकाम पुगेको छ ।

जिल्लाको ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिकाका मतपेटिका मात्र सदरमुकाम पुर्‍याइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदरमुकामदेखि एक दिन लाग्ने तल्लो डोल्पाका जगदुल्ला र मुड्केचुला गाउँपालिकाका मतपेटिका भोलि बिहान मात्र सदरमुकाम पुग्ने बताइएको छ ।

बाइसमध्ये १९ ठाउँ अझै बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर सार्कीले जानकारी दिनुभयो । आज हावाहुरी बढी चलेका कारण मतपेटिका सदरमुकाम ल्याउन नसकिएको सार्कीको भनाइ छ ।

भौगोलिक रूपमा विकट भएकाले तीन वटै स्थानीय तहका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याइने व्यवस्था मिलाइएको छ ।

भारी हिमपात भएका कारण उपल्लो डोल्पाका मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीहरू समेत हेलिकप्टरकै सहयोगमा उपल्लो डोल्पा पुर्‍याइएको थियो ।