मोरङका ६ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुन सकेको छैन । क्षेत्र नम्बर ३, ४, ५ र ६ को मतगणना दिउँसो १ बजेदेखि नै सुरु गरिएको भए पनि अहिलेसम्म आधिकारिक मत परिणाम सार्वजनिक नगरिएको हो ।
आदर्श माध्यमिक विद्यालयमा भइरहेको मत गणना स्थलमा क्षेत्र नम्बर ४, ५ र ६ को मत गणना सुरु भएको हो ।
अहिलेसम्म एक पटक पनि आधिकारिक विवरण सार्वजनिक गरिएको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले एउटा वडाको मत गणना नसकिँदासम्म सार्वजनिक नगरिएको बताए ।
हामीले चाँडो परिणाम सार्वजनिक गनुपर्ने अवस्था आउँदा फेरी सर्वदलीय बैठक बोलाउनु पर्ने अवस्था आउने समेत उनले बताए ।