काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका सुनिल शर्माले आफ्ना निकट प्रतिद्वन्द्वी नेकपा एमालेका भानुभक्त ढकाललाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार कांग्रेसका सुनिल शर्माले ११०४ मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका नेकपा एमालेका भानुभक्त ढकालको मत ५३९ छ । तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवार रेखा थापाले २४२ मत मात्र पाएकी छिन् ।