बैशाख ९, २०७८ बिहिबार

सिन्धुपाल्चोक।  सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा बुधबारबाट  सुरु भएको राष्ट्रिय महिला भलिवल अध्यक्ष कप प्रतियोगितामा आज भएको पहिलो खेलमा ढोरपाटन क्लब विभागीय टोली त्रिभुवन आर्मी  क्लब काठमाडौं विजयी भएको छ । 

आज (बिहीबार) तातोपानीमा भएको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा विजयी भएको हो ।
ढोरपाटन क्लब आर्मीसॅंग २५—८, २५—१० र २५—१२ को सेटमा पाखा लगायो । 

आगामी शनिबारसम्म चल्ने यस प्रतियोगितामा पाँच टिम सहभागी छन् । आर्मी, ढोरपाटन क्लब सहित एपीएफ, नेपाल पुलिस क्लब र न्यू डाइमण्डले सहभागिता जनाएका हुन् । 

त्यस्तै प्रतियोगिताको विजेतालाई ३ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई २ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुनेलाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता सञ्चालन समितिका संयोजक कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका हरेक खेलको म्यान अफ दि म्याचलाई ट्रफीसहित नगद २ हजार प्रदान गरिनेछ । त्यस्तै प्रतियोगिता भरको बेस्ट स्पाइकर, बेस्ट सर्भर, बेस्ट डिफेन्स, बेस्ट ब्लकर, बेस्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद ७ हजार र ट्रफी प्रदान गरिन्छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २० हजार रुपैयाँ पाउनेछन् ।